हर्कबहादुर देवान स्मृति फूटबलमा आज दुई खेल हुँदै

नयाँ बुलन्द

गजुरमुखी : इलामको गजुरमुखीमा जारी ‘हर्कबहादुर देवान स्मृति नकआउट फूटबल प्रतियोगिता’ आज दुई खेल हुँदैछ ।

गजुरमुखी-९ तोभाङस्थित बरभञ्ज्याङ आभारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगिता अन्तरगत पहिलो खेलमा दिउँसो १२ बजे पानीटार क्लब मंगलबारे र रेडस्टार क्लब इभाङ्गबीच प्रतिष्पर्धा हुँदैछ । त्यस्तै दोस्रो खेल ३ बजे बारुङ फूटबल क्लब देउमाई नगरपालिका र कोसिस फूटबल क्लब कुरुम्बाबीच हुने आयोजकले जनाएको छ ।

भुलभुले सामुदायिक विकास केन्द्रको आयोजनामा जारी प्रतियोगितामा पाँचथर र इलामका गरी २२ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेता टिमले नगद ४० हजार रुपैयाँ र उपविजेता टिमले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार