इलामका होटल अनुगमन

नयाँ बुलन्द

इलाम : बाल श्रम न्यूनीकरणका लागि भन्दै जिल्ला बाल कल्याण समिति इलामले होटलहरुको अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुजन फागो लिम्बू सहितको टोलिले होटल अनुगमन गरिएको हो । अनुमगन टोलिमा नेपाल प्रहरीका डीएसपी महेन्द्र श्रेष्ठ, महिला तथा बालबालिका कार्यालयका प्रमुख स्कीम श्रेष्ठ, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत दिनेश पौड्याल, इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाह, नेपाल रेडक्रस सोसाइटीका सभापति देवी गौतम, शिक्षा कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला बाल सञ्जाल, मानव अधिकार मञ्च नेपाल इलाम, मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग) लगायत कार्यालयको प्रतिनीधित्व रहेको थियो ।

सदरमुकामका ७९ वटा होटलमा अनुगमन गरिएको थियो । अनुमगनका क्रममा १४ देखि १८ वर्ष उमेर समूहका ८ बालिका सहित १५ जना बाल श्रमिक फेला परेका थिए ।

त्यस्तै १४ वर्ष मुनिका १ बालक र १ बालिका बाल श्रमिकका रुपमा भेटिएका थिए । तर ती बालबालिका कामदारका रुपमा नभई होटलवालाका आफन्त भएको र विद्यालय गइरहेको पाईएको अनुगमनमा संलग्न जिविसका कार्यक्रम अधिकृत पौड्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार