चुल्हो छोएको निहुँमा दलितमाथि कुटपिट

धरान : सुनसरीको वराहक्षेत्र ५ स्थित बगुवामा एक दलित युबतीमाथि चुल्हो छोएको निहुँमा कुटपीट भएको छ ।

स्थानीय एक वृद्धले खाना पकाउँदै गरेको चुल्हो छोएको भन्दै अपशव्द प्रयोग गरेर कुटपीट गरेको बताईएको छ । छिमेकी मितेरी साइनो पर्ने कितावसिंह राईको घरको आँगनमा खाना तयारी गर्दै गरेको चुल्हो छोएको भन्दै कृतिमान राईले २२ वर्षीया शारदा विकलाई अपशव्द प्रयोग गरि गालीगलौज गर्दै कुटपीट गरेको पीडित युवतीका वुवा चनवहादुर विकले वताए ।

मादकपदार्थ खाएर मातेका राईले कुटपीट गरेको आरोप युवतीले लगाएकी छिन् । कृतिमान राईले तिमीहरु सानो जातका हौं किन हामी ठुला जातले पकाउँदै गरेको चुल्हो छोइस भन्दै अपशव्द प्रयोग गर्दै गालीगलौज गरेपछि भनाभन भएको पीडित शारदा विकले वताइन्। भनाभन हुदै गएपछि कपाल समाएर गालामा हिर्काएको पिडित सारदाले बताइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार