नयाँ बुलन्द
इलाम : नेपालवाणी एफएम सञ्चालक समितिका अध्यक्षमा पुन: केदार थापा निर्वाचित भएका छन् । आइतबार इलाममा सम्पन्न शान्ति सञ्चार सहकारी संस्था लिमिटेड, इलाम सामुदायिक सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो नेपालवाणी एफएमको दसौं वार्षिक उत्सव तथा आठौँ वार्षिक साधारण सभाबाट पुन: थापाको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।
समितिका उपाध्यक्षमा पुष्पा खनाल, सचिवमा लिलाप्रसाद थापा र कोषाध्यक्षमा अर्जुन पोखरेल निर्वाचित भएका छन् । सदस्यहरुमा नुतनदेव दुलाल, हेमन्त गौतम, धनमान बराईली, नरेश श्रेष्ठ, विदुर खनाल, बबिता लिम्बु र लक्ष्मण पाण्डे चयन भएका छन् ।