वार्षिक उत्सव १० व्यक्ति सम्मानित

सुजता सुनुवार

इलाम : नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सांसद केशव थापाले  शहिदहरुको सम्झनामा हरेक नेपालीले राष्ट्रवादी भएर समाज रुपान्तरणमा लाग्नु पर्ने बताएका छन् । शहिदहरुले देखेको सपना पूरा हुन नसकेको भन्दै थापाले शिहदहरुको सपना साकार पार्न राजनीतिक दलहरु एक भएर अधि बढ्नुपर्नेमा जोड दिए ।

शान्ति सञ्चार सहकारी संस्था लिमिटेड, इलाम सामुदायिक सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो नेपालवाणी एफएमको दसौं वार्षिक उत्सव, आठौँ वार्षिक साधारण सभा एवं शहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा थापाले समय गतिशील भएको भन्दै समयअनुसार आफूलाई पनि परिवर्तन गराउन सम्पूर्ण नेपालीहरु लाग्नुपर्नेमा जोड दिएका थिए ।

नेपालवाणी एफएम सञ्चालक समितिका अध्यक्ष केदार थापाले पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरुले नै अब सञ्चार संस्थालाई बचाउन जरुरत रहेको बताएका छन् । उनले हामीले महान् शहीदहरुको त्याग र बलिदानलाई कदर गर्दै दिवश मनाइरहँदा राष्ट्रनिमार्णमा समाहित हुने प्रेरणा प्राप्त हुनु पर्नेमा जोड दिएका थिए ।

सञ्चालक समितिका अध्यक्ष केदार थापाको अध्यक्षता र सांसद केशव थापाको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका अगुवा १० जनालाई सम्मान समेत गरिएको छ ।

अग्रज व्यक्तित्वहरु टुङ्गबहादुर बस्नेत, तोयानाथ भट्टराई, भोजबहादुर कार्की, मरणोपरान्त सम्मानमा स्वर्गीय रामप्रसाद दुलाल, स्वर्गीय ज्ञानीराम भट्टराई, स्वर्गीय रामप्रसाद श्रेष्ठ, स्वर्गीय पदमसिंह योङहाङ, स्वर्गीय कमलबहादुर शिवा, स्वर्गीय बलबहादुर गुरुङ्ग र स्वर्गीय जमानसिंह राईलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दहाल, इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल, नेपाल रेडक्रस सोसाइटीका सभापति देवी गौतम, कर्मचारी युनियन संघका लक्ष्मण पाण्डे, सहकारीका भूतपूर्व सदस्य विष्णु दहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपालवाडी एफएमका स्टेशन म्यानेजर सोम सुसेली र समितिका सचिव लिला थापाले सञ्चालन गरेको कार्यक्रममा समितिका कोषाध्यक्ष अर्जुन पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष पुष्पा खनालले स्वागत मन्तव्य राखेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार