स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

निर्वाचनलाई मध्यनजर गर्दै मुलुकभरका क्याम्पसहरुमा विद्यार्थी भर्ना रोक

काठमाडौ : स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निवार्चन आगामी फागुन १४ गते हुने भनिएको  कार्यतालिका त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको छ ।

उम्मेद्वारको २८ बर्षे उमेरहदको सीमालाई लिएर बिद्यार्थी संगठनले बिरोध गरिरहेका समय त्रिबिले निर्वाचनको दुई हप्ता लामो कार्यतालिका सार्वजनिक गरेको जनाईएको हो । त्रिविले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी फागुन एक गते मतदाता नामावली प्रकाशन हुनेछ ।

आगामी फागुन १४ गते हुने स्ववियू निर्वाचन मिश्रित प्रणालीका आधारमा हुदैछ । ४ गते उम्मेद्वारका लागि मनोनयन पत्र वितरण, ५ गते प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारको मनोनयन दर्ता र सोही दिन उम्मेद्वारको साँझ ५ बजे उम्मेद्वारको पहिलो नामावली प्रकाशन हुने त्रिवि स्वबीयु निर्वाचन केन्द्रीय अनुगमन एवं समन्वय समितिले जनाएको छ ।

नामावली उपर दावी बिरोधको सूचनामाथि आवश्यक अनुसन्धानपछि त्रिविले उम्मेद्वारको अन्तिम नामावली भने फागुन ८ गते अपरान्ह ४ बजे प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ । निर्वाचनलाई मध्यनजर गर्दै केन्द्रीय विश्वविद्यालयले स्नातक र स्नातोकोत्तर तर्फ प्रथम वर्षमा मुलुकभरका सम्पूर्ण क्याम्पसहरुमा विद्यार्थी भर्ना प्रक्रिया समेत रोकेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार