अध्यक्षमा पुन: गृष्म सुब्बा

मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी मेची पहाडि क्षेत्र पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली ।

नयाँ बुलन्द

इलाम : इलाम सञ्चार सहकारी संस्था इलामको तेश्रो अधिवेन तथा छैठौं साधारणसभा एवं इलाम पोष्ट दैनिकको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ ।

अधिवेनले पुन: गृष्म सुब्बालाई नै सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्षमा कृष्ण पौड्याल र दुर्गा देवान, सचिव सटेन्द्र जवेगू, सहसचिव कोकिला ढकाल र कोषाध्यक्षमा दीपक ढुङ्गाना निर्वाचित भएका छन् ।

सदस्यहरुमा तेजालक्ष्मी गुरागाई, बिमल दाहाल, मदन श्रेष्ठ र ठालुराम श्रेष्ठ निर्वाचित भएका छन् । एक जना कार्यसमितिले मनोनित गर्ने गरी ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष सुब्बाले जानकारी दिए ।

त्यस्तै इश्वर लुइटेलको संयोजकत्वमा लेखा समिति समेत गठन भएको जनाइएको छ ।

संस्थाका तत्कालिन अध्यक्ष गृष्म सुब्बाको अध्यक्षता र मेची पहाडी क्षेत्र पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सचिव सटेन्द्र जवेगूले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष दीपक ढुङ्गानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन छलफलपछि पारित भएको थियो । कोषाध्यक्ष ढुङ्गानाले १५ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सात वर्ष अघि स्थापना भएको इलाम सञ्चार सहकारी संस्थाले इलामबाट इलाम पोष्ट दैनिक प्रकाशन गर्दै आएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष रोहितचन्द्र भट्टराई, जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत राम योङहाङ, नेपाल पत्रकार महासंघ इलामका संस्थापक सभापति एवं इलाम पोष्ट दैनिकका सल्लाहकार सम्पादक धर्म गौतम, अग्रज पत्रकार डा. देवी क्षेत्री दुलाल, जिल्ला सहकारी संघ इलामका उपाध्यक्ष देवेन्द्र रेग्मी, मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग) मेची इलामका कार्यकारी निर्देशक प्रकाश अधिकारी लगायतले शुभकामना मन्त्व्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सदस्य ठाकुर श्रेष्ठले गरेका थिए ।

यसैबीच सोही अवसरमा इलाम पोष्ट देनिकलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने चार व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार