फोनिज जिल्ला अधिवेसनको मिति तोकियो

पत्रकार महासंघमा नेतृत्वदायी भूमिका खेल्न निर्देशन

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले जिल्ला अधिवेसनको मिति तोकेको छ । फोनिजको आज काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले माघ २५ देखि चैत २५ गतेसम्मका लागि मिति तोकेको हो ।

फोनिजको पहिलो महाधिवेसनको तयारी स्वरुप माघको अन्तिम सातादेखि दुई महिनामा जिल्ला अधिवेसन सक्ने योजना फोनिजले अघि सारेको हो ।

फोनिजले जिल्ला अधिवेसनअघि कम्तिमा पनि १० दिन अघि जिल्ला शाखाका सदस्यहरुको विवरण केन्द्रमा पठाउन भनेको छ ।

त्यसैले नेपाल पत्रकार महासंघको सबै तहमा हुने निर्वाचनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न फेनिज बैठकले निर्णय गरेको छ ।

सबै तहमा हुने निर्वाचनमा फोनिजको उपस्थिति सशक्त रुपमा देखाउन र उपलव्धी हासिल गर्नका लागि आवश्यक रणनीति तय गर्न समेत निर्देशन जारी गरेको हो । साथै, महासंघको पार्षद छनौट प्रक्रियालाई समावेसी बनाउन माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार