कृष्ण ओझा
पाँचथर : पाँचथर प्रहरीको अगूवाईमा ट्राफिक मोटर साईकल लगायत सवारीसाधकहरुलाई सचेतना तिब्ररुपमा सञ्चालन हून थालेको छ । सचेतना मोटर साइकलमा दूईजना भन्दा बढि नचढ्न र मापासे बारे मेची राजमार्गको फिदिम नपाभित्र गरिएको हो ।
यो अभियान महिनाको दुईपटक गरिने डिएसपी नकूल पोखरेलले बताए । सोमबार सञ्चालन गरिएको सचेतनामा अभियानमा सडकमै ७० जना मोटरसाइकल चालक सहितलाइ प्रत्यक्ष सचेत गराइएको थियो ।
डिएसपी पोखरेलले सडक प्रयोग गर्ने तथा सवारीसाधन चलाउदा ध्यान दिनुपर्ने बिषयमा जानकारी दिएका थिए । बढ्दो सवारी दुर्घटना, असूरक्षित तवरले सडकको प्रयोग र बानिको बिकास लाई न्यूनिकरण गर्न सचेतना गरीएको हो ।
मोटर साईकलमा पछाडि सवार यात्रीहरुलाई ट्राफिक नियम जानकारी गराइएको थियो । मोटर साईकल चलाउदा हेल्मेट प्रयोग, गाडि चलाउनू अघि ध्यानदिनू पर्ने कूरा, भिरालो बाटोमा र ओसिलो ठाउ, शित परेको स्थानमा चलाउने तरिकाहरु सिकाईएको थियो ।
चालकले मोवाइल प्रयोग नर्ग र घूम्ती मोडहरुमा हर्न बजाउन शन्देश मूलक जानकारी गराईएको थियो । बजार एरियामा बढ्दो सवारी, मोटरसाइकलको बेघग कम हुने, पैदलयात्री र बजार बासिले दूर्घटना र कार्वाही हुने अपेक्षा गरेका छन् ।