संघीय प्रेस फोरमको क्षेत्रीय भेला आगामी फागुन २ गते इटहरीमा

इटहरी : संघीय प्रेस फोरम नेपालको क्षेत्रीय भेला आगामी फागुन २ गते इटहरीमा हुने भएको छ ।

यसअघि फागुन १ गतेका लागि सो भेला तय गरिएको थियो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको समयको व्यस्तताले एक दिन भेला सारिएको संघीय प्रेस फोरमका सचिव विजय चाम्लिङले बताए । भेलामा यादवको प्रमुख आतिथ्यता हुनेछ ।

भेलामा लिम्बुवान, किरात र मधेसम प्रदेश अन्तर्गतक पत्रकारहरु सहभागी हुनेछन् । नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिदै गएकाले महासंघको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा रणनीति बनाउनका लागि पनि भेला गर्न लागिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार