सरकारी वकिलहरुद्धारा आन्दोलन फिर्ता, माँग सम्बोधन गर्ने सहमति

काठमाडौं : उच्च अदालतमा गरिएको न्यायाधिशको नियुक्तिको विरुद्धमा आन्दोलनमा उत्रिएका सरकारी वकिलहरुले आन्दोलन फिर्ता लिएका छन्।

उच्च अदालतमा ८० जना न्यायाधिश नियुक्ती समानुपातिक नभएको भन्दै सरकारी वकिलहरु आन्दोलनमा थिए। मंगलबार संसदीय व्यवस्था तथा कानुन मन्त्रालयमा भएको छलफलपछि आन्दोलन फिर्ता लिन सरकारी वकिल सहमत भएका हुन् ।

कानुनमन्त्री अजयशंकर नायक, महान्याधिवक्ता रमण कुमार श्रेष्ठ र अभिवक्ताहरुबिच भएको छलफलपछि आन्दोलन स्थगित गर्ने सहमति भएका हो।

सहमति अनुसार मंगलबार न्यायपरिषदले सरकारी अधिवक्ताको मागप्रति गंभिर भएको र आगामी दिनमा संवोधन गर्ने उल्लेख गर्दै विज्ञप्ति निकाल्ने भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार