नयाँ बुलन्द
झापा : नेपालमा पहिलो पटक उज्यालो बाल क्लव लखनपुरले बाल महोत्सवको तयारी तिब्र रुपमा शुरु भएको छ । माघ १४, १५ र १६ गते गर्ने तय भएको महोत्सव सरोकारवालाहरुले दिएको सुझाव र महोत्सवलाई थप अझ प्रभावकारी बनाउका लागि केहि समय आवश्यक भएकाले शसस्त्र प्रहरी गण अगाडिको लखनपुर रंगशालामा माघ २५ देखि २९ सम्म गर्ने तय भएको महोत्सव मूल आयोजक समितिका संयोजक सन्तोष भण्डारीले बताए ।
लखनपुर गाबिस र दमक नगरपालिकाको संयोजनमा हुने महोत्सवमा बाल मनोबिज्ञानमा आधारित रहेर महोत्सवको बिभिन्न तयारीहरु शुरु भएकाहुन । महोत्सवमा बिशेषगरि बिज्ञान प्रर्दशनीका साथै रकेट उडाउने प्रतियोगितालाई महत्वका साथ राखिएको छ । गायन प्रतियोगिता, प्रतियोगितात्मक फोटो प्रदर्शनी, नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमहरुका लागि छनौटको काम शुरु भइसकेको भण्डारीले जनाए ।
नेपालमा कृषि, औधोगिक, ब्यपार, आइटि लगायतका धेरै प्रकारको महोत्सवहरु आयोजना भएपनि कहिकतै पनि बालबालिकालाईमात्र लक्षित गरेर महोत्सव आयोजना नभएको पाईएकाले बालबालिकाहरुलाई लक्षित गरेर बालबालिकाहरुद्धारा नै यो महोत्सव लगाईएको भण्डारी बताउछन् । लखनपुर गाबिसमा रहेका २४ वटा बालक्लहरुको सकृय सहभगीतामा महोत्सव हुने छ ।
महोत्सवमा कक्षा १ देखि कक्षा १२ सम्मका बालबालिका तथा कलेजका बिधार्थीहरु मुख्य अवलोकन कर्ताका्े रुपमा सहभागी हुनेछन । महोत्सव ब्यबस्थापन, स्टल ब्यवस्थापन, स्वयं सेवक, उदघोषण लगायतका सम्पुर्ण कार्यहरुमा बालबालिकाको मात्र सक्रिय सहभागी रहने बाल सञ्जालका लखनपुरका अध्यक्ष यतिश ओझाले बताए । बाल बालिकाले प्रस्तुत गर्ने बिभिन्न जातजाती तथा धर्म संस्कृतिका बाल झाकीहरु प्रस्तुत हुने उनले जानकारी दिएकाछन् ।
बिज्ञान प्रबिधि देखि लिएर बाल मनोबिज्ञानमा आधारित स्टलहरु यहाँ रहनेछन् । शैक्षिक सामाग्री लगायत अन्य आकर्षक ५० वटा भन्दा बढी स्टल रहने यस महोत्सवमा एकदर्जनभन्दा बढि प्रतियोगिताहरु हुनेछन् । लखनपुर गाबिसका सचिब राजकुमार शाक्यका अनुसार बाल गायन प्रतियोगिता, बाल फोटो प्रदर्शनी प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, बाल कराते प्रतियोगिता, बाल स्टल प्रतियोगिताहरु सञ्चालन हुनेछन् । यसले बालबालिकाको ब्याक्तित्व बिकासमा समेत टेवा पुग्ने अपेक्षा लिइएको छ । यसका साथै बालकथामा आधारित चलचित्र प्रदर्शनी, बालबालिकालाई बिभिन्न जातीका भेषभुषामा फेसन शो लगायतका कार्यक्रमहरु पनि रहेको उज्यालो बाल क्लवकी कार्यबाहक अध्यक्ष टेलिना खनालले बताउनु भयो । उनका अनुसार महोत्सवमा एकलाख देखि एकलाख पचास हजार बालबालिकाहरुको सहभागिता रहने अपेक्षा रहेको छ । यसका लागि करिब २५ लाख रुपिया खर्च हुनेछ ।
पहिलो बाल महोत्सव हुने भएकाले यसमा धेरैको चासो गएको र दमक नगरपालिका झापा, महिला तथा बाल बालिका कार्यलय झापा, जिल्ला शिक्षा कार्यालय झापा, प्याप्सन झापा, एन प्याप्सन झापा, हिसान झापा, जिल्ला बिकास समिति झापा, जिल्ला खेलकुद बिकास समिति झापा र संस्थागत बिद्यालय अभिभावक संघ झापा पनि सह आयोजकको रुपमा रहेको महोत्सव प्रचारप्रसार समितिका संयोजक बिष्णुप्रसाद पोखरेलले बताए ।