नयाँ बुलन्द
पथरी : हाङस्रोङ उत्थान समिति केन्द्रीय समितिले दुई जनालाई पथरी मोरङमा सम्मान गरेको छ।
शनिबार सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा ८८ वषीय अग्रमसिंह हाङ्स्रोङ र संकलक तथा बंशावली संयोजक युबेन्द्र हाङ्स्रोङलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल आदिवसी जनजाति महासंघ इन्द्रपुरका अध्यक्ष चित्र पयाङ्गू, किरात याक्थुङ चुम्लुङका सचिव धु्रव मेन्याङ्बोलगायतले बोलेका थिए ।
यसैबीच याक्थुङ निसाम्छा चुम्भो मोरङले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
मोरङको पथरीमा भएको कार्यक्रममा संगठनात्मक प्रशिक्षण कार्यक्रमम गरेको हो । चुम्भोका अध्यक्ष आङबुहाङ अबोध अविरल र कोषाध्यक्ष फिपराज बेघाले प्रशिक्षणको सहजीकरण गरेका थिए ।
जिल्ला मातहका क्याम्पस शाखा समिति, उमावि शाखासमिति का ४ दर्जन छात्र छात्राहरुको उपस्थिति रहेको कार्यक्रममा किरात याक्थुङ चुम्लुङ पथरी नगर समितिका अध्यक्ष धनप्रसाद साँवा, सिरिजंगा धार्मिक स्मृति बनका अध्यक्ष गंगा साँवा, सिरिजंगा केलाङ सयङलाई धन्यवाद पत्र वितरण पनि गरिएको जिल्ला अध्यक्ष विजय सबेन्हाङले जनाएका छन् ।