चेतन आङथुपो
चुलाचुली : संघीय लिम्बुवान पार्टी, नेपाल चुलाचुलीको कार्यालय उदंघाटन भएको छ । चुलाचुली-७ यलम्बर चोकमा स्थापित कार्यालय संघीय लिम्बुवान पार्टी, नेपालका महासचिव प्रेमदीप थाम्सुहाङले शनिबार उद्घाटन गरे ।
कार्यालय उद्घाटन पछि सम्बोधन गर्दै थाम्सुहाङले संघीय लिम्बूवान पार्टी, नेपालले स्थानीय सरकार बनाउने भन्दै त्यसका लागि सम्पूर्णा लिम्बुवानवासी एक हुनुपर्ने बताए । उनले स्थानीय जाति, धर्म, भाषा र संस्कृतिलाई संरक्षण र विकासका लागि आफ्नो पार्टीले गुरुयोजना तयार गर्ने समेत बताए ।
संघीय लिम्बुवान पार्टी नेपाल चुलाचुलीका अध्यक्ष अमृत देवानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी समेत रहेका थाम्सुहाङले कार्यकर्तालाई सदस्यतापत्र समेत प्रदान गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य शरण जवेगु, हाइजन आङथुपो लगायत ६० जनालाई पार्टी सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रममा संघीय लिम्बुवान युवा परिषद झापाका अध्यक्ष भाइचुङ साम्रा, संघीय विद्यार्थी युननियन लिम्बुवान झापाका अध्यक्ष अशोक घिमिरे, संघीय लिम्बुवान पार्टी नेपाल चुलाचुली इन्चाज नरेश माङमु लगायतले बोलेका थिए ।
कार्यक्रममा कार्यालय व्यवस्थनपनका लागि भवन उपलब्ध गराउने भीमकुमारी आङथुपोलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमो संचालन पर्टीका सचिव अर्पण राइले गरेका थिए ।