दानाबारीमा नालिङगेन फुङवा केलाङ चुम्लुङ समाज

नयाँ बुलन्द

दानाबारी : इलामको दानाबारी-५ मा भीमबहादुर नेम्बाङको अध्यक्षतामा नौ सदस्यीय नालिङगेन फुङवा केलाङ चुम्लुङ समाज गठन भएको छ ।

समाजका उपाअध्यक्षमा शाकला नेम्बाङ, सचिव गणेश खायपुङ, सहसचिव मीना लिम्बू र कोषाध्यक्षमा मेघबहादुर लिङ्दम चयन भएका छन् । सदस्यहरुमा राज सुब्बा, इन्द्रमाया सुब्बा र स्मृति सुब्बा सर्वसहमतिका साथ चयन भएका छन् ।

समाजले बिहीबारदेखि गरुवा बहुमुखी क्याम्पसमा सञ्चालन हुने श्रीमद् भागवत  महापुराणमा कसरक्पा, सिङगेक्पा र लामनाम केलाङहरु प्रस्तुत गर्नेछन् ।

दानाबारी-५ स्थित लोदियामा भएको कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष समेत रहेका नेपाल आादिवासी जनजाति महासंघ दानाबारीका अध्यक्ष विरु पापो, किरात याक्थुङ चुम्लुङका सदस्य ओलकृष्ण शेर्मा र पूर्ण योङ्हाङको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार