संघीय लिम्बुवान मञ्च फिदिमको अध्यक्षमा अमिर लिम्बू

नयाँ बुलन्द

पाँचथर : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च फिदिम नगर समितिको तेश्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ | अधिवेशनले अमिर लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

समितिका उपाध्यक्षहरुमा  मनप्रसाद तुम्बापो, बीरबहादुर केरुङ‍, याम नेम्बाङ, गोबिन्द पौडेल, सुरेन्द्र साँवा र शान्ता नेम्बाङ निर्वाचित भएका छन् । सचिवमा देशिला तुम्बापो र सन्तोष तुम्रोक, सह-सचिवमा बसन्त तुम्बापो, कोषाध्यक्षमा बिमला तुम्बापो र सह-कोषाध्यक्षमा देबेन्द्र तुम्रोक निर्वाचित भएका छन् ।

सदस्यहरुमा अजित, बिरेन्द्र तुम्बापो, तुलशी तुम्बापो, राजन तुम्बापो “पन्चा”, छत्र तुम्बापो, देबिराम तुम्बापो, बसन्त तुम्बापो, पूर्णकुमार तुम्बापो, अशिम राइ, दीला तुम्बापो, धनबहादुर नेम्बाङ, इन्दु तुम्बापो, हाङनारायण तुम्बापो, बिरेन तुम्बापो, मकरसिङ तुम्रोक, बिर्खराज तुम्बापो, ललितप्रसाद तुम्बापो, प्रसुन तुम्बापो, सुन्दर तुम्बापो, कुमार फागो, ग्यानुसा तुम्रोक, चन्द्रकुमार तुम्बापो, बिष्णु जबेगु, अकिल तुम्बापो, शिवकुमार तुम्बापो र चतुरमान तुम्बापो रहेका छन् |

अधिबेशनलाइ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका केन्द्रीय सचिव लाबाहाङ चेम्जोङ, केन्द्रीय सदस्य सुनिता केरुङ, जिल्ला संयोजक सागर केरुङ, सह-संयोजकद्वय चन्द्रराज आङदेम्बे, पृथबहादुर योङया, सचिव ब्रिजाहाङ आङदेम्बे, जितेन चेम्जोङ, मधु केरुङ, दिपक खनाल लगायतले सम्बोधन गरेका थिए ।

अधिवेशन नगर कार्य समितिका संयोजक अमिर लिम्बूको अध्यक्षतामा सम्पन्न भएको छ |

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार