पाँचथरमा जीप दुर्घटना, एकको मृत्यु

पाँचथर : मेची राजमार्ग अन्तर्गत पाँचथरको लालीखर्कमा शनिबार जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सात जना घाइते छन् ।

दुर्घटनामा ताप्लेजुङ लिवाङ-८ की ५० वर्षीया नैनकला कार्कीको मृत्यु भएको हो । दुर्घटनामा परी घम्भीर घाइते भएकी उनलाई उपचारको लागि झापा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताप्लेजुङबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज २५४६ नम्बरको नंबरको जीप पाँचथरको फिदिम नगरपालिका ३ स्थित लालिखर्क सडक खण्डमा दुर्घटनामा परेको थियो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक बिज्ञान बस्नेत सहित १० जनाको उद्धार टोली घटनास्थमा खटी घाईतेहरुको उद्धार गरेको थियो ।

चालक सहित दुई जना सख्त घाइते रहेको पाँचथर अस्पतालले जनाएको छ । घाइतेहरु सवैलाई झापा मोरङ र सुनसरीका सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको पाँचथर अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार