क्षमता विकास तालिम सम्पन्न

नयाँ बुलन्द

इलाम : स्थानीय निकायको कानूनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रम अन्तरगत शुक्रबार इलामको कोल्बुङमा क्षमता विकास तालिम सम्पन्न भएको छ ।

गाउँ विकास समितिको आयोजना र सुनगाभा विकास संस्था इलामको सहजीकरणमा भएको  तालिममा सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई, उपभोक्ता समिति गठन, काम, कर्तव्य र अधिकारका विषयमा तथा नागरिक अधिकार यूक्त सेवाका विषयमा जानकारी गराईएको थियो । कार्यक्रमको सहजीकरण सुनगाभा विकास संस्थाका एलजीएएफ कार्यक्रमका कार्यक्रम संयोजक विमल दहालले गरेका थिए ।

तालिममा वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, लक्षित समुह, राजनैतिक दलका प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी, गाविस कर्मचारी लगायत ३२ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम गाविस सचिव नेत्रप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसअघि सोही कार्यक्रम शुक्रबार नै माईपोखरीमा तथा बिहिवार शान्तिपुर र चमैतामा सम्पन्न भएको सुनगाभा विकास संस्था इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार