संघीय लिम्बुवान मञ्च याङ्नामको अध्यक्षमा हाङ्सरुम्बा

नयाँ बुलन्द

पाँचथर : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल याङ्नामको तेस्रो गाउँ अधिवेशन शुक्रबार खलङगाटारमा सम्पन्न भएको छ ।

अधिवेशनले मोहन हाङ्सरुम्बाको अध्यक्षतामा नयाँ गाउँ कार्यसमिति गठन गरेको छ । समितिका उपाध्यक्षहरुमा  नरेन्द्र लोवा, आइन्द्र खजुम, बिष्णु पन्धाक, दिब्य खजुम तथा सचिवमा बिक्रम केरुङ र प्रबिन खजुम चयन भएका छन् । सदस्यहरुमा इन्द्रकुमारी केरुङ, धनबहादुर जबेगु, खेमलभ केरुङ, गजेन्द्र हाङ्सरुम्बा, बिमल केरुङ, रिवाज थाम्सुहाङ रहेका छन् ।

अधिवेशनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रीय सदस्य सुनिता केरुङ, पाँचथर जिल्ला अधिवेशन आयोजक समितिका संयोजक सागर केरुङ, फिदिम नगर संयोजक अमीर लिम्बू, क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव विवस माङ्मु लगायतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार