चुलाचुली गाविसको १९ औं गाउँ परिषद सार्वजनिक

चेतन आङथुपो

चुलाचुली : इलामको चुलाचुली गाउँ विकास समितिको १९ औं गाउँ परिषद सार्वजनिकिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँ विकास समितिका सचिव गोविन्द सुवेदीले चालु आर्थिक वर्ष. २०७३/२०७४ को संसोधित तथा आगामी आव ०७४/०७५ प्रस्तावित नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

सचिव सुवेदीले आगामी आव २०७४/०७५ का लागि तीन करोड ७० लाखको कार्यक्रम प्रस्ताव गरिएको छ । कार्यक्रममा स्थानीय राजनिती दलका प्रमुख प्रतिनिधि, बुद्धिजीवी र स्थानीय संघसंस्था लगायतका प्रतिनिधिहरू लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य ओमनारायण खनाल, नेपाली काङ्ग्रेस गाउँ समिति सभापति गणेश फागो, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष गजेन्द्र याक्खा, सुवास आङथुपो, देउप्रकाश राई, प्रदिप चन्द राई लगायतले आआफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार