सुलुबुङमा ट्रक दुर्घटना दुई घाइते

नयाँ बुलन्द

सुलुबुङ :  इलामको सुलुबुङमा मंगलबार भएको ट्रक दुर्घटनामा परी दुई जना घाइते भएका छन् । दुर्घटनामा परी सुलुबुङ-६ का अरुण उप्रेती र झमक मगर घाइते भएका हुन् ।

गोलिया लोड गर्ने क्रममा सुलुबुङको गैरीगाउँमा दिउँसो गाडि अड्याउन चक्कामा राखिएको ओट फुत्किएर मे १ ख १९३१ नम्बरको ट्रक दुर्घटना भएको हो । ट्रक सडकबाट करिब १० मिटर तल खसेको स्थानीय सीपी शर्मा गड्तौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार