अमरसिंह उच्च माविमा लिवि मञ्च

नयाँ बुलन्द

मोरङ : मोरङको हसन्दहस्थित अमरसिंह उच्च माध्यमिक विद्यालयमा लिम्बु विद्यार्थी मञ्चको तेस्रो शाखा समितिको अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

अधिवेशनले दिपक नेम्बाङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । समितिको सचिवमा सुजता नेम्बाङ र कोषाध्यक्षमा मनिषा साँबा छन् । मञ्चका कोषाध्यक्ष फिपराज बेघा, जिल्ला अध्यक्ष विजय सबेन्हाङ, जिल्ला सदस्य तुलसा नेम्बाङले अधिवेशनमा सम्बोधन गरेका थिए ।

त्यस्तै पञ्चायत उमावि पथरीमा अमृत थेबेको अध्यक्षतमा ११ सदस्यीय समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा विवष इधिङ्गो, सचिवमा अस्मिता फावेन, सहसचिवमा इक्सा चेम्जोङ, र कोषाध्यक्षमा देवीमाया फाबेन छन् । समितिको सदस्यहरुमा विपना योङ्हाङ, अस्मिता बेघा, अर्जुन चेम्जोङ, सेसेहाङ, तुम्बापो, निस्ता फियाक, शान्ता आङदेम्बे छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार