मेसीलाई पछि पार्दै रोनाल्डो फिफाको उत्कृष्ट खेलाडी घोषित

काठमाडौं : क्रिस्टियानो रोनाल्डो फिफाको वर्षको उत्कृष्ट खेलाडी चुनिएका छन् । सोमबार अबेर राति ज्युरिचमा आयोजना गरिएको भब्य कार्यक्रममा रियल म्याड्रिडका पोर्चुगाली खेलाडी रोनाल्डोले उत्कृष्ट खेलाडीको होडमा लियोनल मेसी र एन्टोन ग्रिजमनलाई उछिनेका छन् ।

३१ वर्षीय रोनाल्डोले बेलन डे’अर उपाधि पनि जितेका थिए । गत वर्षसम्म दुवै अवार्ड संयुक्त रूपमा प्रदान गरिन्थ्यो । यसै पल्टदेखि फिफाले अलगै जाने निर्णय गरेको थियो । रोनाल्डोलाई यी दुवै अवार्ड जित्नबाट कसैले रोक्न सकेनन् ।

पोर्चुगलका लागि एकातर्फ उनले युरो २०१६ जितेका थिए । योसँगै रियलका लागि जिते, युरोपेली च्याम्पियन्स लिग पनि । यी दुवै उपाधि जितेको स्थितिमा रोनाल्डोलाई उनका खास प्रतिद्वन्द्वी मेसीले बलियो टक्कर दिन सकेनन् । फेरि रोनाल्डोको व्यक्तिगत प्रदर्शन पनि गजब थियो । उनले सन् २०१६ मा कुल ४४ खेल खेले, त्यसमा ४२ गोल गरे ।

फिफाको उत्कृष्ट खेलाडीमा रोनाल्डो चुनिए पनि मेसी उत्कृष्ट खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । एटलेटिको म्याड्रिडका फ्रान्सेली खेलाडी ग्रिजमन तेस्रो स्थानमा छन् ।  यसपल्टको फिफा वर्ष यसअघिका भन्दा फरक र विशेष दुवै रह्यो ।

पछिल्लो छ वर्षसम्म फिफाले फ्रान्सेली फुटबल पत्रिकाले दिने अवार्डसँग सहकार्य गरेको थियो । यसपल्ट भने यसलाई कायम राखेन् । फिफाले यसलाई ‘बेस्ट फिफा फुटबल अवार्ड’ भनेको छ । त्यसैले यसलाई अवार्डको पहिलो संस्करण भन्दा पनि फरक पर्दैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार