नयाँ बुलन्द
शान्तिडाँडा : इलामको शान्तिडाँडामा एक दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँ विकास समितिको आयोजना र सुनगाभा विकास संस्था इलामभको सहजीकरणमा तालिम भएको हो ।
स्थानीय निकायको कानूनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रम अन्तरगत सम्पन्न तालिममा सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई, उपभोक्ता समिति गठन, काम, कर्तव्य र अधिकारका विषयमा तथा नागरिक अधिकारयुक्त सेवाका विषयमा जानकारी गराईएको थियो ।
तालिममा वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, लक्षित समूह, राजनैतिक दलका प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी, गाविस कर्मचारी लगायत ३२ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सुनगाभा विकास संस्थाका सावित्रा गुराँगाई र दुर्गा फुयालले गरेका थिए ।
कार्यक्रम गाविस सचिव दिनराज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसअघि सोही प्रकारको तालिम बिहीबार सोयाङ, बुधबार नयाँ बजारमा र मंगलवार नामसालिङमा समेत सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण सुनगाभा विकास संस्थाका शिशिर काफ्लेले गरेका थिए ।