विमल दाहाल
इलाम : अनौपचारिक शिक्षा तथा निरन्तर सिकाई कार्यक्रम अन्तरगत जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम बिहीबार इलाममा सम्पन्न भएको छ ।
जिल्ला शिक्षा कार्यालय इलामको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लामा रहेका २५ सामुदायिक केन्द्रका प्रतिनिधि, विद्यालय श्रोत व्यक्ति, विद्यालय निरिक्षक लगायतको सहभागिता रहेको थियो । चालु आर्थिक वर्ष २०७३÷०७४ मा अनौपचारिक शिक्षा तथा निरन्तर सिकाई कार्यक्रममा के कस्ता कार्यक्रमहरु समावेश रहेको र इलाम जिल्लालाई साक्षर जिल्ला घोषण गर्न बाँकी रहेका पूर्वधार लगायत विषयमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
२०६० देखि इलाममा स्थापना भएका सामुदायिक अध्ययन केन्द्रले उल्लेखनीय प्रगति गर्न नसकेको समेत कार्यक्रममा समिक्षा गरिएको थियो । कार्यक्रममा सामुदायिक अध्ययन केन्द्रलाई जग्गा उपलब्ध गराउने चुलाचुली सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष बलिभद्र कोईराला, कुईभीर सामुदायिक अध्ययन केन्द्र चमैताका अध्यक्ष प्रकाश राईले समेत भावी योजना तथा रणनीतिका बारेमा जानकारी गराएका थिए ।
शैक्षिक तालिम केन्द्रका बरिष्ठ प्रशिक्षक बाबुराम पोख्रेलको प्रमुख अथित्यता तथा जिल्ला शिक्षा अधिकारी टंक गौतमको अधयक्षतामा सम्पन्न कार्यक्रमा, तालिम केन्द्रका प्रशिक्षक पूर्ण गौतम, विद्यालय निरिक्षक द्रोण पोख्रेल, जिल्ला शिक्षा कार्यालय इलामका शाखा अधिकृत निर्मल ढुगेंलले सहजीकरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन विद्यालय निरीक्षक सुनिता योङ्गहाङले गरेकी थिईन् ।