उत्कृष्ठ अवार्ड मनु धमलालाई

नयाँ बुलन्द

इलाम : दौतरी साथी शिक्षकको रुपमा काम गर्ने इलाम जिल्ला भरीकै उत्कृष्ठ घोषणा गर्दै परिवार नियोजन संघ इलामले मनुु धमलालाई पुुरस्कृत गरेको छ ।

देउमाई नगरपालिका-६ की धमलालाई संघले एक कार्यक्रम गरी पुुरस्कृत गरेको हो । उनलाई संघका निर्देशक विद्याकिशोर सिंहले पुरस्कार प्रदान गरेका थिए ।

वर्षेनी एक युुवा दौतरी शिक्षकका रुपमा कार्यरत एक जनालाई अवार्डका रुपमा सो पुुरस्कार प्रदान गर्ने गरिएको छ । २४ वर्षमुनी दौतरी शिक्षकको रुपमा कार्यरत नौ किशोर किशोरी मध्ये धमलाले उत्कृष्ठ काम गरेको भन्दै पुुरस्कृत गरिएको संघकी लेखापाल सुुमी सिंहले जानकारी दिइन् ।

इलाम नगरपालिका सहित देउमाई नगरपालिका, साखेजुुङ र बरबोटे गाविसमा रहेका संघका क्लिनिकहरु मार्फत स्थानीयलाई परिवार नियोजन सम्वन्धि निशुुल्क परामर्श तथा परिवार नियोजनका साधनहरु उपलब्ध गराइँदै आइएको समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार