नयाँ बुलन्द
चिसापानी : राजदुवाली-चिसापानी-सोक्तिम-दानावारी सडकको मंगलवार सार्वजनिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । केही प्रकृया आगामी दिनमा सुधार गर्ने प्रतिवद्ता सहित चिसापानी गाविसमा सार्वजनिक परिक्षण सम्पन्न भएको हो ।
अनुगमन तथा सुपरिवेक्षण समितिले प्रतिवेदन पेश गर्नै, आमभेलाबाट आगामी समिति गठन गर्नुपर्ने, आम्दानी र खर्च सार्वजनिक गर्नुपर्ने लगायतका सुधार गर्ने प्रतिवद्ता सहित सम्पन्न भएको हो ।
सडक बोड॔को २५ लाख, जिल्ला विकास समिति ईलामको नौ लाख र स्थानीय श्रमदान तीन लाख ५० हजार छ सय दश रूपैया गरी ३७ लाख ५० हजार छ सय दशको लागतमा सो सडक निर्माण सम्पन्न गरिएको थियो ।
मंगलबार नै जिल्ला विकास समिति इलामको अनुगमन समितिले समेत निर्माण भएको वाटोको सवै क्षेत्रको नाप जाँच तथा अनुगमन समेत गरेको छ ।
अनुगमन टोलीमा जिविसका योजना अनुगमन तथा प्रशासकिय अधिकृत छविलाल खतिवडा, प्राविधिक सचितानन्द देव, नायब सुब्बा जगत कोइराला, नेपाली कांग्रेसका खगेन्द्र देवान, नेकपा एमालेका भक्त केसी, माओवादी केन्द्रका निशान शंकर, पत्रकार महासँघका अध्यक्ष रोहित चन्द्र भट्टराई लगायत सहभागी थिए ।
कार्यक्रमको सहजीकरण सुनगाभा विकास संस्थाका कार्यक्रम संयोजक बिमल दहालले गरेका थिए ।