सशस्त्र प्रहरी श्रीअन्तु गुल्मको भवन उद्घाटन

नयाँ बुलन्द

इलाम : सदरमुकामस्थित सशस्त्र प्रहरी बल श्रीअन्तु गुल्म इलामको तीन तले पक्की भवन निर्माण सम्पन्न भएको छ ।

डिएसपीको कमाण्डमा दुई सय ३७ जना रहने गरी भवनमा क्वाटरगार्ड, स्टोर, कार्यालयसहितका कोठा रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक चेतराज जोशीले जानकारी दिए । गुल्म परिसरमा एउटा मन्दिर समेत निर्माण भईरहेको छ ।

तीन करोड ७१ लाख ९६ हजार रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवन आइतबार उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले आइतबार एक कार्यक्रमको बीच भवन उद्घाटन गरे ।

उद्घाटन समारोहमा पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ, इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दहाल, प्रहरी नायव उपरीक्षक सुशिलकुमार यादवलगायतको उपस्थिति रहेको थियो ।

यसअघि श्रीअन्तु गुल्म भवन अभावमा जिल्ला कारागार शाखाको सानो भवनमा सञ्चालन हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार