इलाममा मानव अधिकार निगरानी समूह

रुद्र थेवे

इलाम : इलाममा पहिलोपटक जिल्ला स्तरीय मानव अधिकार निगरानी समुह गठन भएको छ । आइतबार मानव अधिकार मञ्च नेपाल इलामका उपाध्यक्ष बीरबहादुर खड्काको संयोजकत्वमा १३ सदस्यय जिल्ला स्तरीय समूह गठन भएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को ‘स्थानीय समुदायलाई सचेत पर्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल परियोजना’ अन्तर्गत गठित समुहका सदस्यहरुमा चन्द्रमणी गौतम, मिलन राई, कोकिला ढकाल, तारानाथ पराजुली, दिपा आचार्य, कौशिला राई, शोभा पराजुली, सुजता सुनुवार, मन कुमार वराईली र गोपाल दहाल रहेका छन् ।

समुहले समग्र इलाम जिल्लाको मानव अधिकारको अवस्था साथै जिल्लाको शिक्षा, स्वास्थ्य र खाध्यअधिकारको वकालत समेत गर्ने इन्सेकका इलाम जिल्ला सहजकर्ता सुरेश पोर्तेलले जानकारी दिए ।

मानव अधिकार मञ्च नेपाल इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रम इन्सेकका इलाम प्रतिनिधि कोकिला ढकालले संचालन गरेकी थिएन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार