सञ्चारकर्मीहरु राजनीतिक दबाबमा पर्न हुँदैन

याम माबोहाङ लिम्बू
इलामः सञ्चारकर्मीहरुले राजनीतिक दबावमा पर्न नहुँने इलाममा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनीहरुले आइतबार नेपाल पत्रकार महासंघ इलामको आयोजना भएको तीन दिने टेलिभिजन पत्रकारिता तालिम समापन समारोहमा बोल्दै यस्तो बताएका हुन् ।

सार्वजनिक सूचना प्रवाह गर्ने सञ्चारकर्मी राजनीतिक दबावमा परे सत्य तथ्य सूचना नागरिकमा नपुग्ने भन्दै सञ्चारकर्मीले निश्पक्ष सत्यतथ्य सूचनालाई नागरिकमा पुर्याउनु आग्रह गरे ।

नागरिकको मानवीय संवेदनालाई समाचारमा समेट्न आग्रह गर्दै, सरोकारवालालाई जवाफदेही बनाउने सूचनाको प्रचार प्रसार गर्न सुझाब समेत दिए ।

कार्यक्रमका बक्ताहरुले सञ्चारकर्मीको सूचनाले समाजको नागरिकमा सकरात्मक सन्देश दिने भएकोले समाचारका सूचनाले समाजालाई चेतनाको विकाससँगै सिर्जनशिल बनाउने सामग्रीलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए ।

महासंघ इलामका अध्यक्ष रोहितचन्द्र भट्टराइको अध्यक्षतमा भएको कार्यक्रममा तालिमका सहजकर्ता नेपाल टेलिभिजनका समाचार सम्पादन निराजन खनाल, भिडियो सम्पादक सत्तिस कोइराला, सञ्चारकर्मी तोयानाथ भट्टराई, ख्याम भूजेल, संगीता थामी लगायतले बोलेका थिए । तालिममा इलामका १९ सञ्चार कर्मीको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार