दमक-रवि सडकका लागि बाँझोमा छुट्टै कार्यालय

बाँझो : झापाको दमक-रवि चिसापानी (फाल्गुनन्द मार्ग ) सडक निर्माणको कामलाई अझ तीब्रता दिन ईलामको बाँझो गाविसमा डिभिजन सडक कार्यालय दमकले छुट्ट्रै कार्यालय स्थापना गरेको छ ।

बाँझो-८ स्थित मझुवा दोभानमा आज एक कार्यक्रमको आयोजना गरि साईट अफिसको उद्घाटन गरियो । डिभिजन सडक कार्यालय दमकका प्रमुख राजेश कुमार यादव र सडक निर्माण उपभोक्ता समिति अध्यक्ष रेवतराज पुरी ( गगन)ले संयुक्त रुपमा उक्त कार्यालयको उद्घाटन गरे।

त्यस अवसरमा डिभिजन प्रमुख यादवले बाटो अनुगमनमा सहज होस भनेर साईट अफिसको स्थापना गरिएको बताए। सडक निर्माणका सन्दर्भमा त्यस क्षेत्रका बासिन्दाहरुको समस्या साईट अफिसबाट सुल्झाउन उद्देश्यले उक्त सम्पर्क कार्यालय स्थापना गरिएको डिभिजन प्रमुख यादवले बताए।

दमक देखि इलामको लारुम्बा, चिसापानी हुदै पाँचथरको रवि सम्म ४७ किलोमिटर सडक निर्माण सुरु गरिएको २० वर्षसम्म पनि सडक निर्माण सम्पन्न हुन सकेको छैन। सडकको २०४९ सालमा मंसिर ६ गतेदेखी प्रारम्भिक सर्वेक्षण गरिएको थियो।

गत वर्ष सडक नेपाल सरकारले पहिलो प्राथमिकतामा राखे पछि पुनः डिपिआर तयार गरिएको छ। जसमा १ अर्ब १६ करोडको डिपिआर तयार परिएको प्रमुख यादवले बताए। अहिले सम्म सडकको ११ प्रतिशत मात्र काम पूरा भएको बताइएको छ। गत वर्ष देखि हाल सम्म ५ करोड बराबर खर्च भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार