इलाम : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले इलामको पर्यटकीय क्षेत्र तथा चिया बगान र उद्योगको अध्ययन तथा अवलोकन गरेका छन् ।
सातौँ राष्ट्रिय खेलकुद समापन पछि शुक्रबार साँझ उपराष्ट्रपति इलामको कन्याम आइपुगेका हुन्। उनले इलामको इलामको प्रमुख पर्यटकीयस्थल कन्याम, फिक्कल, सुन्दरपानी र करफोक क्षेत्रको भ्रमण गरे ।
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईली सहित कन्याम पुगेका उपराष्ट्रपित पुनले शनिबार सुर्योदय नगरपालिका सुन्दरपानीस्थित गोरखा टि-स्टेटको भ्रमण गरि चिया प्रशोधन तथा उत्पादन सम्बन्धि जानकारी लिए । उनले चिया उद्योगी र चिया कृषक तथा मजदूरसँग चिया क्षेत्रको संभावना चुनौतीका बारेमा अन्तरक्रिया गर्दै आर्गानिक चिया उत्पादनलाई प्राथमिकता दिन किसान र उद्योगीलाई आग्रह गरे।
उपराष्ट्रपतिले सूर्योदय नगरपालिको पञ्चकन्यास्थित २०१० सालमा स्थापना करफोक बहुमुखी क्याम्पसको पनि निरिक्षण भ्रमण गरे। भ्रमणको क्रममा क्याम्पस सञ्चालन समितिका पदाधिकारीले क्याम्पस सञ्चालनका लागि विभिन्न समस्या र रहेको अवगत गराउँदै समस्या समाधानका लागि पहल गरिदिन उपराष्ट्रपतिलाई आग्रह गरेको थाहाखबर डटकममा उल्लेख छ ।
जवाफमा उपराष्ट्रपतिले लामो ईतिहास बोकेको करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए ।