फाल्गुनन्द गोल्ड कप : ताप्लेजुङ क्वाटर फाइनलमा

नयाँ बुलन्द

पाँचथर :  पाँचथरको फिदिममा जारी फाल्गुनन्ल गोल्ड कपमा कर्ण सिंह सोनाम स्मृति क्लब ताप्लेजुङ क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा साइनो स्पोर्टिङ क्लब मोरङ ११ लाई १–० गोलको झिनो अन्तरले पराजित गर्दै ताप्लेजुङले क्वाटर पाइनलको यात्रा पक्का गरेको हो ।

ताप्लेजुङका लागि खमिर गिल्सन कन्दङवाले गरेको गोल नै निर्णायक बन्यो । खेल मैदानको माथिल्लो साइडबाट आएको बललाई अघि बढाउँदै खमिरले जाली चुमाएका थिए ।

ताप्लेजुङले अनुभवि खेलाडीहरु मैदानमा उतारेको थियो । ताप्लेजुङको तर्फबाट थ्रि स्टारका विजय धिमाल, विष्णु सुनुवार, निराजन खड्का, झापा ११ का हेम गुरुङ र दिपक राईलाई मैदानमा उतारेको हो ।

राम्रो खेलेर पनि अनुभवि खेलाडीको सामना गर्नुपरेकाले मोरङ पहिलो चरणको खेलबाटै घर फर्कनु परेको हो । प्रतियोगिताको पहिलो हाफमा मोरङ ताप्लेजुङलाई दवावमा राखेपनि कुनै गोल गर्न सकेन ।

यसअघि हिजो भएको उद्घाटन खेलमा जित हात पार्दै आयोजक फिदिम स्पोर्टीङ क्लबले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।  आइतबार बिर्ता युनाइटेड झापा र सेर क्लव कालिङपोङ भारतबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार