नयाँ बुलन्द
इलाम : संगठनको जनपरिचालन अन्तर्गत प्रशिक्षण र अवधि पुगेका कमिटीको अध्याविधक गर्ने उदेश्यले अनेरास्ववियु जिल्ला कमिटी इलामले आफ्नो मातहतको कमिटी अध्याविधक गर्ने कार्यलाई तीव्र बनाएको छ ।
अनेरास्ववियुले विहीबार इलाम नगर सम्मेलन र साखेजुङस्थित नेपालटार मावि कमिटी पुनःगठन सम्पन्न गरेको छ । नगर सम्मेलनबाट अध्यक्षमा उमेश गौतम, उपाध्यक्ष पुर्णीमा भट्टराई, सचिव सुस्मा पोर्तेल, सहसचिवहरु क्रमशः दुर्गा बराल, सुमन तामाङ, सुनिल शंकर र कोषाध्यक्षमा राजु मिश्र निर्वाचित भएका छन् ।
सदस्यहरुमा सुस्मीता लावती, मनिषा तामाङ, अञ्जना लिम्बू, अर्पना लिम्बू, शंकर तामाङ, उपेन्द्र बाँनीया, लक्ष्मी तामाङ र सुमन खत्री रहेका छन् ।
सम्मेलनमा नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवं विद्यार्थी इञ्चार्ज नवराज शंकर, अनेरास्ववियु केन्द्रीय सदस्य रविन्द्र सुवेदी, इलाम अध्यक्ष इश्वरी तामाङ, सहसचिवद्वय मिलन खत्री र नारायण श्रेष्ठ, जिल्ला सदस्य एवम नगर इञ्चार्ज सचिन जंग रायमाझी, प्रकाशन विभाग सदस्य अतित योङहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उता साँखेजुङस्थित नेपालटार माविमा २५ सदस्यीय प्रारम्भिक कमिटी पुनगठन भएको छ । रेघा राईको अध्यक्षमा गठित किमटिका उपाध्यक्षमा सविना खतिवडा, सचिव सिर्जना राई, सहसचिवहरुमा सोना शेर्पा, सञ्जिता राई, मञ्जु राई र कोषाध्यक्षमा दिनेश मगर चयन भएका छन् ।
सदस्यहरुमा रेश्मीका गुरुङ, यमुना खत्री, भूमिका परियार, लक्ष्मी खत्री, यमुना दाहाल, बिनु बस्नेत, अनिता भण्डारी, एलिना थापा, निरु मगर, सुस्मा कार्की, सिता श्रेष्ठ, विशाल राई, मुना बराइली, युवराज कोइराला, विष्णु बराइली, हरि विष्ट, सीमा गुरुङ र रेणुका गुरुङ रहेका छन् ।
कार्यक्रम अनेरास्ववियु जिल्ला सचिवालय सदस्य शोभाना राई र महेन्द्ररत्न बहुमुखी क्याम्पस कमिटी सचिवालय सदस्य विशाल कार्कीको उपस्थितिमा भएको थियो ।