‘सञ्चारकर्मीले तत्थ्यको आधारमा सत्यको स्थापित गर्नुपर्छ’

photo

याम माबोहाङ लिम्बू

इलाम : सञ्चारकर्मीले तत्थ्यको आधारमा सत्यको स्थापित गर्नुपर्ने आज (बुधबार) इलाममा आयोजित एक कार्यक्रमका वक्तारुले बताएका छन् । प्रेस चौतारी इलामले आयोजना गरेको नयाँ संविधान कार्यान्वयनमा संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले सत्यको उजागर गर्दै संविधानको कार्यान्वयनको अभियानमा लाग्नु पर्नेमा जोड दिए ।

संविधानको बारेमा भ्रम होइन, तत्थ्यको विषय उठान गरेर देशलाई समृद्ध बनाउने विषयको सूचना संप्रेशण गरेर देशलाई साझा पहिचानले चिनाउन कलम चलाउन आग्रह समेत गरे । उनीहरुले गलत विचारको खण्डन गर्दै, साझ भावनाको विकास गर्न सुझाए ।

राजनीतिक दलको चरित्रले देशलाई भीरको चिन्डो बनाएकोले यसको निकासको लागि सबै दलको सहमती आवश्यकता औंल्याउँदै उनीहरुले एक अर्काको विरोध गर्नु राम्रो नभएको बताए । संविधान कार्यान्वयनको लागि सबै दल मिलेर जानुको विकल्प नभएको उनीहरुको भनाइ थियो ।

एउटै पहिचानलाई केन्द्र राख्न खोजिएकोले समस्या आएको बताउँदै समस्या समाधानको लागि साझा पहिचानलाई उभ्याउनु पर्नेमा जोड दिए । विभिन्न नाममा टुक्राउनु भन्दा समाजलाई सकरात्मक विचारले जोड्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष तथा प्रदेश न १ का संयोजक लिलाराज भट्टराई, महासचिव राजेश राई, नेकपा एमाले इलाम उपाध्यक्ष भक्त केसी, सचिव महेस बस्नेत, नेपाल पत्रकार महासंघ पूर्वाञ्चल संयोजक गणेश पोख्रेल, इलाम अध्यक्ष रोहितचन्द्र भट्टराई, सटेन्द्र जबेगु, तिर्थ सिग्देन, डाक्टर देवी क्षेत्री दुलाल लगायतले बोलेका थिए ।

प्रेस चौतारी नेपाल इलामका अध्यक्ष कोकिला ढकालको अध्यक्षतमा भएको कार्यक्रमको स्वागत सदस्य ठाकुर श्रेष्ठले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार