आईएनजिओलाई ‘डिसेम्बर चटारो’: बजेट सक्न फाइभ स्टारमा डिनर !

ingo-logo

काठमाडौं : आईएनजीओले डिसेम्बरभित्र प्रतिवेदन बनाउनुपर्ने र जनवरीदेखि नवीकरण थाल्नुपर्ने भएकाले राजधानीका तारे होटलका बैठककक्ष भरिएका छन् ।

अहिले राजधानीका तारे होटलका सबै बैठक कक्ष आईएनजीओकै बैठक तथा कार्यक्रमले भ्याइनभ्याइ भएको होटल संघ नेपाल (हान) का महासचिव विनायक शाहले बताए ।

उनका अनुसार आईएनजीओकै कार्यक्रमले गर्दा डिसेम्बर होटलको बिजनेस हुने सिजन हो । आईएनजीओका लागि अहिले पाँचतारे होटलका तुलनामा तीनतारे र चारतारे होटल अलिक आकर्षण हुने गरेको उनको भनाइ छ ।

आईएनजीओका लागि डिसेम्बर सबैभन्दा बढी ‘पिक आवर’ भएकाले पनि वर्षभरिको कार्यक्रमको समीक्षा गर्ने तथा प्रतिवेदन बनाउने समय हो । त्यसैले पनि होटलका बैठककक्ष भरिभराउ हुने गरेको शाहको बुझाइ छ । अहिले राजधानीका तीनतारेदेखि पाँचतारेसम्म होटलका बैठककक्ष आईएनजीओको बैठकले भरिएका छन् ।

वर्षभरिको कामको प्रगति विवरण बनाउनुपर्ने भएकाले होटलमा आउने र दिनदिनै सभा गर्ने काम सामान्य जस्तै भएको होटल हिमालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रह्लादराज कुँवरले बताए । आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

वार्षिक प्रतिवेदनका लागि मात्रै नभएर त्रैमासिक तथा अर्धवार्षिक प्रतिवेदनका लागि पनि होटलमै कार्यक्रम हुन्छन् । जिल्लाबाट आउनेलाई तालिम, रिफ्रेसमेन्ट कार्यक्रम होटलमै हुन्छ । आईएनजीओको कार्यक्रम होटलको आम्दानीको उपयुक्त माध्यम भएको होटल सांग्रिलाका ब्याङ्वेट सेल्स म्यानेजर जित लामाले बताए । उनका अनुसार सरकारी संस्थालाई दियो भने पैसा उठाउनै ढिलो हुन्छ । आईएनजीओलाई दिँदा समयमै पैसा आउने र कार्यक्रम व्यवस्थापन गर्न पनि सहज हुने होटल व्यवसायीको अनुभव छ ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष गोपाल लम्सालका अनुसार आईएनजीओको नेपालमा ‘पेपर वर्क’ मात्रै बढी तर व्यावहारिक काम भने कम हुने गरको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार