भिरबाट लडेर दानाबारीमा एक जनाको मृत्यु

naya-bulanda-new-final-logo

दानाबारी : इलामको दानाबारीमा भिरबाट लडेर एक  व्यक्तिको ज्यान गएको छ । ज्यान जानेमा दानाबारी–१ रातेखाडीका लालबहादुर तामाङ रहेको प्रहरी चौकी लोदियाले जनाएको छ ।

शनिवार बिहान काममा जान्छु भनेर हिँडेका तामाङ अबेरसम्म घर नफर्किपछि खोजी गरिए गर्दा मृत अवस्थामा भेटिएको मृतकका भाइ धनबहादुर तामाङले बताए । आइतबार दिउँसो ३ बजेको गाउँमा भएको एक कार्यक्रममा जाँदै गर्दा मृतककी छोरी तिर्थ तामाङले मृत अवस्थामा बुबालाई खोल्सामा देखेकी थिइन् ।

मृतकको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरी चौकी लोदियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार