मतदानबाट टुंग्याइयो झापाको पुन:संरचना विवाद

झापामा १५ कि ११ स्थानीय तहको विवाद

LLRC

काठमाडौं : स्थानीय तह पुनर्संरचना गर्न बनेको आयोगले बहुमतका आधारमा झापाको स्थानीय तहको टुंगो लगाएको छ ।

यससँँगै स्थानीय पुनर्संरचनाको प्रारम्भीक प्रतिवेदनले पूर्णता पाएको छ । अब सरकारलाई प्रतिवेदन बुझाउने आयोगको तयारी छ ।

आयोगले शनिबार झापामा १५ स्थानीय तह बनाउने निर्णय गरेको छ । स्रोतका अनुसार ७ सदस्य १५ को पक्षमा उभिएका थिए भने दुई सदस्यले ११ को समर्थन गरेका थिए ।

शनिबारको बैठकमा बहुमत सदस्य झापामा १५ स्थानीय तह बनाउनु पर्ने प्रस्ताव पक्षमा देखिएपछि अध्यक्ष बालानन्द पौडेलले त्यसलाई नै निर्णय गराएका छन् । एक सदस्यले अनलाइनखबरलाई बताए अनुसार आयोगमा बहुमत-अल्पमतका आधारमा निर्णय गरिएको यो पटक हो ।

झापाका कांग्रेस, माओवादीसहित १३ दलले १५ स्थानीय तहको प्रस्ताव गरेका थिए भने एमाले र मालेले ११ को प्रस्ताव राखेका थिए । जिल्लाबाट दुई प्रस्ताव आएपछि आयोगले लामो समयदेखि यसबारे निर्णय गरेको थिएन ।

शनिबारको निर्णयसँगै देशभर ७४० स्थानीय तह हुने भएको छ । झापा बाहेक ७२५ स्थानीय तह भएको थियो ।

आयोग स्रोतका अनुसार आगामी साता प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइनेछ । सम्भवत सोमबार प्रधानमन्त्रीसँग समय माग्ने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार