सुनसरी : सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा सशस्त्र प्रहरीले स्वर्ण पदक जितेको छ । दुहवी रङ्गशालामा भएको फाइनलमा नेपाल पुलिसलाई ट्राइबेक्ररमा ४–२ गोल अन्तरले हरायो ।
निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइबेकरमा गरिएको थियो । ट्राइबेकरमा सशस्त्रका लागि उसा भण्डारी, लक्ष्मी कुमारी पौडेल, मन्जु दोङ्ग र अनिता केसीले गोल गरिन् । यसैगरी पुलिसका लागि धिमकुमारी गुरुङ र सृजना खड्काले गोल गरे ।
पुलिसकी निर्मला उपाध्यायले हानेको प्रहार पोष्ट बाहिर गायो । अमृता जोशीको प्रहार भने सशस्त्रकी रुपा राना मगरले बिफल बनाइन् । सशस्त्रकी तारा थिङ्गको प्रहार भने पोष्टमा लागरे फर्किएको थियो । स्वार्ण विजेतालाई युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले मेडल तथा प्रमाण पत्र प्रदान गरे ।