याम माबोहाङ लिम्बू
इलाम : नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको २८ औं स्थापना दिवसको अवसरमा शनिबार इलाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी इलाम र सुनचादी व्यवसायी संघ इलामको सहयोग भएको कार्यक्रममा ५५ पुरुष र ५ महिलाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमका लागि धरान घोपा क्याम्पमा रहेको ब्लड बैंकको प्राविधिक सहयोग रहेको थियो ।
पूर्वी पहाडमा रगतको अवश्यकतालाई सहजता दिलाउन स्थापना दिवस मनाउने क्रममा रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष नवराज शंकरले बताए ।
समाजको अध्यक्ष शंकरको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय सदस्य ५६ वर्षीय छत्र बराइलीले समेत रक्तदान गरेका थिए ।