बालअधिकार सम्बन्धी तालिम सम्पन्न

talim-savagi

रुद्र थेबे

इलाम :  मानव अधिकार मञ्च नेपाल इलामको आयोजना भएको बाल अधिकार सम्बन्धी तीन दिने तालिम शनिबार इलाममा सम्पन्न भएको छ ।

किन्डरमिसनरेक जर्मनीको सहयोगमा सञ्चालित बाल अधिकार तथा शान्ति शिक्षा परियोजना अन्तर्गत भएको तालिममा  बालअधिकार, बालअधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरु, बाल दुब्र्यवहार, मानव अधिकार, बालबालिकाको क्षेत्रमा विनियोजित बजेट, त्यसको उद्देश्य र कार्यान्वयन प्रकृयाको बारेमा जानकारी दिइएको थियो ।

तालिममा इलाम नगर स्तरिय बाल संरक्षण तथा सम्वर्द्धन उपसमिति  र बालमैत्री स्थानिय शासन समितिका सदस्य, बालबालिका सँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि गरी २० जनाको सहभागिता रहेको थियो ।

तालिमलाई मानवअधिकार मञ्च नेपाल इलामका उपाध्यक्ष एवं अधिवक्ता वीरबहादुर खड्का, तालिम संयोजक शिखरनाथ सापकोटा, परियोजना संयोजक ठाकुर श्रेष्ठ,  सहजकर्ता सुवास निरौला र इलाम नगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङ्गले सहजिकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार