प्रज्ञा सदनमा वादविवाद प्रतियोगिता

badbibad

इलाम : सदरमुकास्थित प्रज्ञा सदन अङ्ग्रेजी माध्यामिक विद्यालयमा शुक्रबार अन्तर सदनात्मक वादविवाद प्रतियोगिता सप्पन्न भएको छ ।

‘धन भन्दा स्वास्थ्य ठुलो’ भन्ने विषयमा आयोजित प्रतियोगितामा अन्नपूर्ण, गौरीशंकर, कञ्चजङ्घा र धवलागिरी सदनका तर्फबाट आठ जना विद्यार्थीले सहभागीता जनाएका थिए ।

कार्यक्रममा  कञ्चजङ्घा सदनकि रश्मिना खतिवडा प्रथम, गौरीशंकरका सुदीप निरौला द्‍वितीय, गौरीशंबरबै अस्मिता दाहाल र कञ्चजङ्घाका आशिक गुरुङले सान्त्वना स्थान हासिल गरे ।

विद्यालयको नियमित अतिरिक्त क्रियाकलाप अन्तरगत सो कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । सो विद्यालयले विद्यार्थीहरुलाई पढाईको अलाव अतिरीक्त क्रियाकलापको माध्मबाट अन्तर निहित क्षमताको विकासमा सहयोग पुर्‍याउने उदेश्यले प्रत्येक शुक्रबर अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको अतिरिक्त क्रियाकलाप संयोजक रोशन भन्डरीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना ओलीको अध्यक्षता र प्रधानाध्यापक सिएम गुराँगाइको आतिथ्यमा  कार्यक्रम भएको कार्यक्रमको सञ्चालन कम्प्युटर शिक्षक अशोक लिम्बूले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार