साङ्गरुम्बामा सार्वजनिक सुनुवाई

public-hearing-sahavagi

साङ्गरुम्बा : इलामको साङ्गरुम्बा गाउँ विकास समितिको चालु आर्थिक वर्ष २०७३।०७४ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न भएको छ । स्थानीय निकाय सार्वजनिक सुनुवाई कार्यविधि २०६७ बमोजिम गाविसले सञ्चालन गरेका विकास निर्माण, प्रवाह गरेका सेवा तथा सुशासन प्रर्वद्धनका सम्बन्धमा सार्वजनिक सुनुवाई भएको हो ।

नागरिक अभिमत र बर्हिगमित अभिमत संकलनबाट आएका सुझाव तथा स्थानीय नागरिकहरुले गाविसले दिने सेवा प्रवाह तथा विकास निर्माणका बारेमा जनगुनासाहरुलाई सुनुवाई कार्यक्रम मार्फत छलफल तथा प्रतिबद्धता गरिएको थियो । कार्यक्रममा गाविसले सिफरिस दस्तुर बढी लिएको, योजनालाई पारदर्शी तवरले खर्च नगरिएको, शौचालय तथा सरसफाई पुर्ण रुपमा नभएको, योजनाहरुको सार्वजनिक परिक्षण विनानै फरफारक हुने गरेको, स्वास्थ्य चौकी समयसम्म खोलिने नगरेको, स्वास्थ्य चौकीको रकम अनियमितता भएको लगायतका गुनासोहरु प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमा आएका जिज्ञासालाई गाविस सचिव केशरबहादुर राई, स्वास्थ्य चौकी इन्चार्ज बद्री शर्माले प्रतिद्धता सहित सुधारका लागि कार्य गर्ने जवाफ दिएका थिए ।

कार्यक्रममा एक दर्जन बढी सहभागिले राखेको जिज्ञासालाई सम्बन्धित पक्षले जवाफ दिएको थियो । कार्यक्रममा नेपाली काग्रसका गम्भिर जंग कटुवाल, नेकपा एमालेका तेजबहादुर कटुवाल, माओवादी केन्द्रका मंगलसिद्ध लिम्बू, संघीय लिम्बुवन पार्टी नेपालका रमेश लिङदम लगायतले विचार राखेका थिए ।

स्थानीय समाजसेवी कुल बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुनगाभा विकास संस्थाका कार्यक्रम संयोजक विमल दहालले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार