लिवि मञ्च जीतपुरमा वीरजंग योङ्हाङ

limbu-student-forum

तारावीर लिम्बू
जीतपुर : इलामको जीतपुरस्थित जीतपुर माध्यमिक विद्यालयमा वीरजंग योङ्हाङको अध्यक्षतामा ३३ लिम्बू विद्यार्थी मञ्च मावि इकाइ समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा शिशीर लिम्बू, महिला उपाध्यक्ष दीपा लिम्बू, सचिव पवित्रा मरोहाङ, सहसचिव लक्ष्मण लिम्बू र कोषाध्यक्षमा मीना माबो चयन भएका छन् ।

सदस्यहरुमा रामवीर जवेगू, मीना मरोहाङ, सुमित्रा जवेगू, सन्तोष सम्बाहाम्फे, मुना मरोहाङ, राजकुमार मरोहाङ, सुनिता जवेगू, लक्ष्मी मरोहाङ, राजेन्द्र वेघा, शर्मीला फेजङ, मनु आङदेम्बे, शान्ती बेघालगायत रहेका छन् ।

त्यस्तै अध्यक्ष वीरजंग योङ्हाङ र सचिव पवित्रा मरोहाङ महाधिवेशन प्रतिनीधि चयन भएका छन् । कार्यक्रम लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय सदस्य हेमराज लिम्बू, इलाम उपाध्यक्ष तारावीर लिम्बू र सदस्य चित्र लिम्बूको उपस्थितीमा भएको थियो ।

लिम्बू विद्यार्थी मञ्चको आठौं राष्ट्रिय महाधिवेशन इलामको बाँझोस्थित माङ्सेबुङमा आगामी माघ १६ र १७ गते हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार