पुनसंरचना आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

काठमाडौ : स्थानीय तह पुनसंरचना  आयोगले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने भएको छ ।स्थानीय तह निर्धारणबारे लामो समयको विवादपछि ७ सय २० देखि २५ वटासम्म तह रहने गरी आयोगले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन लागेको हो ।

।सम्पूर्ण जिल्लाको स्थानीय तह निर्धारणको छिनोफानो लागेको र थप छलफलका लागि प्रतिवेदन बुझाउन लागिएको आयोगका सदस्य डोरप्रसाद पौडेलले जानकारी दिए ।स्थानीय तह पुनसंरचनामा स्थानीय तहमा विवाद भने कायमै रहेको छ । कतिपय क्षेत्रमा निर्धारण गरिएका नगरपालिका तथा गाउँ पालिका अपाएक परेको भन्दै स्थानीयहरुले विरोध जारी राखेका छन् ।

स्थानीय तहमा सबै अधिकारहरु प्रत्यायोजन गर्ने गरी र स्थानीय वासिन्दालाई सहज हुने गरी स्थानीय तहको ढाँचा तयारी गरिएको आयोगको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार