महासंघको महाधिवेशनमा गठबन्धनको चुनावी तयारी

एमाले ढिलासुस्ती गरेर ब्ययभार थपाउने रणनीतिमा

चितवन : जारी नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधीवेशनको बन्दसत्र भर्खरै सुरु भएकोछ । तर, विधान संशोधन प्रस्तावमाथि छलफल  सुरु गरिए पनि महोल भने चुनावी गठजोडमा अग्रसर बनिसकेको छ ।

पहिचान र संघीयताको विरोधमा देशव्यापी अभियान गरिरहेको एमालेलाई पाखा लाएर बनेको कांग्रेस-समाजवादी-माओवादी-राप्रपा गठबन्धनका उम्मेद्वारहारु चुनाबी महोलमा होमिइसकेका छन् ।

गठबन्धनतर्फबाट अध्यक्षमा जगत बरामको उम्मेद्वारी पर्ने निस्चित भएको छ । त्यस्तै महासचिवमा नित्यानन्द ताजपुरिया र कोशाध्यक्षमा मुकुन्द पहरीको उम्मेद्वारी पर्ने पक्का भएको हो ।

त्यस्तै गठबन्धनतर्फबाट उपाध्यक्ष, सचिव लगायतका पदमा सहमति गरेर उम्मेद्वारी घोषणा गर्ने तयारी भएको बताइएको छ ।

उता महासंघको महाधिवेशनबाट एक्लिएको एमालेमा भने अब कसरी चुनाव सामना गर्ने भन्ने बारे अन्योलता छाएको बताइएको छ । अध्यक्षको उम्मेद्वार बन्ने तयारीमा रहेका सूर्य भुजेललाई हाल आएर एमाले भित्रै असहयोग हुने आशंका गरिएको छ ।

भुजेल भन्दा आर्थिक रूपले बलिया मानिएका आकांक्षी सर्वधन राईलाई अध्यक्षको उम्मेद्वार नबनाउने निर्णयमा एमाले पुगेपछि राई आवद्ध किरात राई यायोक्खाभित्र खैलाबैला मच्चिएको छ । यायोक्खाले मताधिकार सहित पठाएको भए पनि राईको मताधिकार खोसेर पहिचान पक्षधर उम्मेद्वारलाई गठबन्धनबाट चुनब लडाउने विसयमा पनि छलफल चलिरहेको समाचार स्रोतको दावी छ ।

एमालेका तर्फबाट अध्यक्ष उम्मेद्वार पक्का बनेका भुजेलले यसअघि राजी, राउटे, कुसुण्डा लगायत चार जातिका मताधिकार प्राप्त प्रतिनिधिहरुलाई अपहरण शैलीमा बन्दसत्र स्थलबाट नवलपरासी पुर्याएको हाल्ला चलेको थियो । प्रत्यक्षदर्सीहरुका अनुसार साँझ गायप पारिएका प्रतिनिधि भोलि बिहान नयाँ मोबाइलसहित बन्दसत्र स्थलमा आइपुगेका थिए ।

हार निस्चित भएपछि साख जोगाउन भए पनि सम्मानजनक मत प्राप्त गर्ने एमाले तयारी सुरु भएको बताइएको छ । महासंघ आफ्नो कब्जाबाट फुत्किने भएपछि एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र मानिएका महासंघ महासचिव पेम्बा भोटेले बिना कारण बन्दसत्र स्थगन गर्दै बेपत्ता हुने गरेका छन् । महासंघमा पकड कायम नहुने देखेपछि भोटेको नेतृत्वमा एमालेले महाधिवेशनको ब्ययभार थप्ने योजना अनुरुप बन्दसत्र लम्ब्याएको उपस्थित प्रतिनिधि पर्यवेक्षकहरुले आरोप लगाएका छन् ।

चौंथो दिनको बन्दसत्रबाट विधान पारित भएमा आजै चुनावी प्रकृया सुरु हुने बताइए पनि एमाले भने चुनाब रोक्न ढिलासुस्ती गरिरहेको स्रोतको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार