मलेसियाविरुद्ध सान्त्वना जित

काठमाडौं : एसिया कप यू–१९ क्रिकेटको सेमिफाइनल लक्ष्यसहित श्रीलंका पुगेको नेपाली युवा क्रिकेट टिमको लक्ष्य सफल नभए पनि प्रदर्शन भन्ने निकै राम्रो रह्यो । समूह चरणमा नेपाल आफ्नो अन्तिम खेलमा मलेसियलाई १ विकेटले पराजित गर्दै प्रतियोगिताबाट बाहिरियो । यद्यपि, नेपालका लागि स्मरणीय रूपमा श्रीलंकाविरुद्धको पहिलो खेल नै रह्यो ।

img_6128

प्रतियोगितामा पहिलो जित निकाल्न नेपाललाई आइतबार निकै कडा संघर्ष गर्नुप¥यो । मलेसियाले दिएको १ सय ५४ रनको विजय लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ९ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा अनिल साहले ३३ तथा पवन सरार्फले अविजित २९ रन जोडे । त्यस्तै, ओपनर ब्याट्सम्यान अविनाश कर्णले २९ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले २२ रन जोडे । मलेसियाका बिरेनदीप सिंहले ३ तथा महमद हाफिज र महमद अमिरले दुई÷दुई विकेट लिए ।

जितपछि नेपाल समूह चरणमा तेस्रो स्थानमा रहन सफल भयो । यद्यपि, अगिल्लो चरण उक्लने सम्भावनाबाट भने नेपाल बाहिरियो । अन्ततः नेपाललाई अगिल्लो चरणमा पुग्न बाधकका रूपमा श्रीलंकाविरुद्धको १ रन रह्यो । नेपालको समूहबाट साविकको विजेता भारत र आयोजक श्रीलंका सेमिफाइनलमा पुग्न सफल भए । मलेसियाले कुनै जित निकाल्न सकेन ।

यस्तै, नेपालले मलेसियामाथिको जितको प्रतिष्ठा कायम राख्यो । एसिया कपमा नेपालले मलेसियालाई यो दोस्रोपटक पराजित गरेको हो । यसअघि नेपालले सन् २०१२ मा भएको पहिलो संस्करणमा मलेसियालाई हराएको थियो । नेपालले उक्त संस्करणमा घरेलु टोली मलेसियालाई १ सय ७ रनले पराजित गरेको थियो ।

यसअघि कोलम्बोस्थित नोन्डेस्क्रिप्ट क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४४ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनको मध्यम स्कोर बनाएको थियो । मलेसियाका लागि बिरेनदीप सिंहले सर्वाधिक ७५ रन बनाए । त्यस्तै, मोहमद हासिफले २१ तथा सैफ उल मल्लिकले ११ रन बनाए । मलेसियालाई सस्तैमा समेट्ने क्रममा आदिल खानले ३ तथा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार