कांग्रेस-माओवादी-समाजवादी गठबन्दन बन्ने संकेत

३ पुष, चितवन । नेपाल आदिवासी जनजाति महसंघको बन्दसत्र सुरु हुनै लाग्दा नेतृत्व कसले हत्याउने भन्ने विसयमा राजनीतिक सकृयता बढेको छ । पहिचानको विरोध र संविधान सम्शोधनको विरोधमा उतृएको एमालेलाई महसंघको नेतृत्व दिन नहुने भन्दै माओवादी र कांग्रेससहितका दलका नेता कसरतमा जुटेका हुन् । ताजपुरिया समाज कल्याण परिषदको तर्फबाट अध्यक्षको उम्मेद्वार बनेका नित्यानन्द ताजपुरियाको माहोल सोचे भन्दा राम्रो बन्दैगएपछि माओवादी र कांग्रेसले उनलाई सघाउने सम्भावना बलियो बनेको हो ।
माओवादी केन्द्रका नेता वर्षमान पुन, कांग्रेस नेता इन्द्रबहादुर गुरुङलगायतले एमाले इतरको गठबन्धन निर्माणमा पहल थालेका बुझिएको छ । एमाले इतरको समिकरणमा चुनावी तयारी सुरु भए ताजपुरियाको नेतृत्वमा कांग्रेसबाट महसचिव र माओवादीबाट कोसाध्यक्षको उम्मेद्वारी पर्ने सम्भावना बलियो बनेको छ । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवम् कानून विभाग प्रमुख रहेका ताजपुरीया आदिवासी जनजाति आन्दोलनका पुराना अभियन्ता समेत हुन् । उनी २३ वर्षदेखि निरन्तर आदिवासी जनजाति आन्दोलनमा सकृय छन् ।
समाजवादी फोरमका तर्फबाट उपाध्यक्ष रकम चेम्जोङसहितको नेतागण पनि चितवनमै छलफल बहसमा सकृय रहेको स्रोतले जनाएको छ । एमालेका तर्फबाट आधिकारिक अध्यक्षको उम्मेद्वार घोषणा गरिएका सूर्य भुजेल हुन् भने एमाले निकट सर्वधन राईले पनि अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरेको किरात राई यायोक्खाले जनाएको छ । चुनावी दाउपेजमा एमाले निक्कै आक्रमक शैलीमा उत्रने तयारीमा रहेको बताइएको छ ।
केही अल्पसंख्यक जातिका प्रतिनिधिहरुलाई एमालेले मध्य र सुदुर पश्चिमबाट एम्बुलेन्समा काठमान्डौ ल्याइ काठमन्डौबाट जहाज चढाएर चितवन ल्याएको चर्चा व्यापक बनेको छ । एमाले समर्थित राईले उम्मेद्वारीका लागि ठूलो धनराशी खर्च गर्न तयार रहेको एमाले निकट स्रोतको दावी छ । उनी जग्गा व्यापार र रियल स्टेटका उम्दा व्यवसायी हुन् । त्यस्तै भूजेल भने मौजुदा महासंघको कार्य समितिका उपाध्यक्ष हुन् । पोखरा निवासी उनी महासंघको बैठक र अन्य कार्यक्रममा काठमान्डौ आउँदा जाँदा भत्ता लिने पधाधिकारीमा पर्छन् । झापा लखनपुर निवासी ताजपुरियाले यसअघि महासंघको अनुसन्धन र विदेश विभाग सचिव भएर काम गरिसकेका छन् ।