रिजवान अन्सारीले खाेले नयाँ पार्टी, वीरबहादुर लामा वरिष्ठ नेता

काठमाडौं : पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले नेपाल संघीय समाजवादी पार्टी गठन गरेका छन् । शनिबार राजधानीमा अायाेजित एक कार्यक्रममा पार्टी घाेषणा गरिएकाे छ ।

अशाेक रार्इ नेतृत्वकाे तत्कालीन संघीय समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वकाे मधेसी जनअधिकार फाेरम र खस समावेशी पार्टीबीच एकता भएपछि समावेशीकाे मुदा छाेडिएकाे भन्दै अनसारी पार्टीबाट अलग भएका थिए ।

नेपाल बहुजातीय, बहुराष्ट्रिय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको बताउँदै राज्य र अहिलेका दलहरुले मुस्लिम, आदिवासी जनजाति, मधेशी, दलित, थारु, महिला,पिछडावर्ग, खस समुदाय लगायत सबै भाषा, धर्म संस्कृकिो सम्मान गर्नुको नसकेकाे उनले बताए ।

उनले मुलुककाे राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक अन्याय र उत्पीडन अन्त गर्नका लागि नै अाफूले नयाँ पार्टी गठन गरेकाे बताए ।

पार्टीकाे वरिस्ठ नेता  बीरबहादुर लामा, उपाध्यक्ष राजकुमार यादव, महासचिव, नोर्शांग शेर्पालार्इ बनाइएकाे छ । केन्द्रीय सदस्यमा उपेन्द्र साह,  डा. कमरुल होदा, बुद्धसीदि लामा, हरि घिमिरे,  दिनेश पाख्रिन, हाजी सफायत, राजु भुजेल, अनवर अन्सारी, पूर्ण श्रेष्ठ, टोकल तामांङ,  सिमा खान, रजनी मल्लि, महावीर मल्ली,  ताजमूल मन्सुर,  मेराज हलुवाई, ड़ा कमाल सिद्दिकी, इशु गिरि, टेकबहादुर थापा, लालबाबु राम, अलिबाबु खान,  बेदनिधि श्रेष्ठ, लक्ष्मण तामाङ,  शुक्रराज तामाङ, शेख वकिल, अच्युत सिकदेल, खडक प्रसाद बन्जारा लगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार