ससफो फाकफोक अध्यक्षमा पुन: भुपाल राई

federalsocilist-flag

फाकफोक : संघीय समाजवादी फोरम फाकफोकको प्रथम गाउँ अधिबेशनले पुन: भुपाल राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ गाउँ कार्यसमिति नर्वाचित गरेको छ ।

अधवेशनले उपाध्यक्षमा कमानसिंह लिम्बू, सचिबमा गणेश बोहोरा, सहसचिब यामबहादुर राई र कोषाध्यक्षमा रुपा सम्बाहाम्फेलाई चयन गरेको छ ।

सदस्यहरुमा तारा धमला, बिष्णु राई, थिरबहादुर बोहोरा, सुकराज राई, डिगबहादुर परियार, रुद्रमाया राई, प्रतिमा सम्बाहाम्फे, केसरीमाया तामाङ, मैयाँ चौहान, मनबहादुर राई, चक्र सम्बाहाम्फे लगायत चयन भएका छन् ।

त्यस्तै सोही अधिबेशनले किशोर राईको संयोजकत्वमा १३ सदस्यीय समाजवादी युवा फोरमको गाउँ समिति समेत चयन गरेको छ । समितिका सहसंयोजकमा श्रीनारायन लिम्बू, सचिवमा तान्छोहाङ लिम्बू, सहसचवमा श्याम चेम्जोङ र कोषाध्यक्षमा पंचमाया राई चयन भएका छन् । सदस्यहरुमा दिनेश बोहोरा, बेदप्रसाद बोहोरा, अर्जुन राई, सन्त मगर, सम्भु राई, रतन लिम्बू, सन्तोष लिम्बू, रोशन राई लगायत रहेका छन् ।

त्यस्तै धनसींह राई, कृष्ण खत्री, टीका सम्बाहाम्फे, बलराम राई, युध्दबहादुर बोहोरा र रमेश नेम्बाङ सदस्य रहेको सल्लाकार समिती समेत गठन गरेको संघीय समाजवादी फोरम फाकफोकले जनाएको छ ।

भुपाल राईको अध्यक्षतामा भएको अधवेशनमा संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य मित्र चापागाईं, लिम्बुवान प्रदेश समिति सदस्य तिलबिक्रम चेम्जोङ, छिकिन तामाङ, एलबी रहपाल, जिल्ला अध्यक्ष देवेन्द्रकुमार राई, उपाध्यक्ष कमल चाम्लिङ, सचिव यामप्रसाद लिम्बू, सहसचिब राजकुमार मेवाहाङ राई लगायतको उपस्थती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार